Dhulikhel Eco Banner new

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, हेर्नुस कति जना भए मालामाल ?

3.3K
shares

काठमाडौं, ३० कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो ।

एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले एफपीओ पाएका छन् । ३५ हजार ८४ जनालाई १० कित्ताका दरले र बाँकी ४ जनालाई ११ कित्ताका दरले शेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

एफपीओ जारीपछि सर्वसाधारण शेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ ।

लघुवित्तले कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन माग गरेको थियो । हाल बजारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९२५ रुपैयाँ छ ।