Dhulikhel Eco Banner new

मेरो माइक्रोफाइनान्सको अध्यक्ष बने पाण्डे र सञ्चालकमा मुलेपती

2.08K
shares

काठमाडौं, १२ मंसिर । मेरो माइक्रोफाइनान्स लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधि) ग्लोबल आइएमई बैंक समुहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रुपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका ब्यक्ति हुन् ।

यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि सञ्चालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।