२५ वर्षपछि नयाँ लाइसेन्स पाउने पहिलो इन्टरनेट कम्पनी बन्यो वर्ल्डलिंक
वि.सं.२०८१ मंसिर १३ बिहीवार ११:४४
shares

काठमाडौं, १३ मंसिर । २५ वर्ष अवधि पूरा गरेको देशको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ अनुमतिपत्र (लाइसेन्स) पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको हो ।
२५ वर्षे अवधि सकिएर पुनः लाइसेन्स पाउने वर्ल्डलिंक पहिलो इन्टरनेट सेवा प्रदायक हो । वर्ल्डलिंकलाई प्राधिकरणले १० वर्षका लागि नयाँ लाइसेन्स दिएको छ ।
वर्ल्डलिंकले राजस्व बुझाएपछि दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरणको प्रक्रिया सुरु गरेको थियो । नयाँ लाइसेन्स पाएसँगै वर्ल्डलिंकले विदेशी लगानी लिने बाटो खुला भएको छ । वर्ल्डलिंकले आजै फिनल्याण्ड सरकारको स्वामित्वमा रहेको फिनिस फण्ड फर इन्डिष्ट्रियल कोअपर्सेन लिमिटेडसँग लगानीका लागि सम्झौता पनि गर्दैछ ।

















