सिवाइसी नेपाल लघुवित्तकी कम्पनी सचिव आचार्यद्वारा राजिनामा
वि.सं.२०८१ मंसिर १३ बिहीवार ११:४९
3.8K
shares
shares

काठमाडौं, १३ मंसिर । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यले आफ्नो पदबाट राजिनामा दिएकी छिन् ।
उनले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनी सचिव पदबाट राजिनामा दिएकी हुन् ।
कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकको निर्णयले कम्पनी सचिव प्रतिमा आचार्यले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
















