Dhulikhel Eco Banner new

विश्वकै सातौँ प्रदूषित सहर बन्यो काठमाडौं, सावधानी अपनाउन विभागको आग्रह

4.23K
shares

काठमाडौं, १३ मंसिर । काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा देखिएको छ । आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ५५ एक्यूआई मापन गरिएको छ ।

बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाकंको सातौँ स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १२ः १९ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।

उक्त सूचकाकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहुर छ । सो समयमा यहाँको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ । यस्तै, दोस्रोमा भारतको दिल्ली छ । यहाँ मात्र ४३७ आईक्यूआई देखिएको छ । यस्तै, क्रमशः इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायत सहरमा बढी वायु प्रदूषण देखिएको छ ।

वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन समेत विभागको आग्रह छ ।