मेरो माइक्रोफाइनान्सद्वारा बीमाका लागि शिलबन्दी प्रस्ताव आह्वान
वि.सं.२०८२ असार १७ मंगलवार ११:००
shares

काठमाडौं, १७ असार । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमाको लागि शिलबन्दी आह्वान गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै कर्मचारीहरुको म्यादी जीवन बीमा र निर्जीवन बीमाको लागि शिलबन्दी आह्वान गरेको हो ।
सूचना अनुसार जीवन बीमा अन्तर्गत प्राकृतिक मृत्युको बीमांक रकम १० लाख र काजकिरिया खर्चको रूपमा त्यसको १० प्रतिशत (१ लाख) समेटिनेछ। यस्तै, सघन रोग बीमातर्फ १० लाख बीमांकमा १५ प्रकारका घातक रोगहरू समावेश गर्नुपर्ने जनाइएको छ।
त्यसैगरी, लघुवित्तले सदस्यहरूको म्यादी जीवन बीमा (कर्जा बीमा) समेत गराउनुपर्ने भएकाले इच्छुक बीमा कम्पनीहरूले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने संस्थाले स्पष्ट पारेको छ।


















