पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध
वि.सं.२०७९ असार ५ आइतवार १४:४४
4.84K
shares
shares

काठमाडौं,५ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ ।



















