Dhulikhel Eco Banner new

सहकारीको अनुगमन स्थानीय तहबाट गर्न पूर्वअर्थमन्त्रीको सुझाव

5.28K
shares

काठमाडौं, ५ असार । सहकारीको अनुगमन स्थानीय तहबाट गर्न पूर्वअर्थमन्त्री युवराज खतिवडाले सुझाव दिएका छन् ।

जिल्ला सहकारी संघ काभ्रेले आयोजना गरेको सहकारी व्यवस्थापन प्रमुखहरूको जिल्लास्तरीय गोष्ठीमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंकहरूको संख्या थोरै हुँदा त राष्ट्र बैंकलाई वित्तीय स्वास्थ्य कायम गराउन धौ धौ छ, ३० हजार सहकारीको अनुगमन गरी सुशासन कायम गर्न गाह्रो छ, ‘त्यसैले स्थानीय तहबाटै सहकारीको अनुगमन हुने संयन्त्र बनाउनुपर्छ ।’

सामाजिक व्यवसाय भएकोले सहकारीलाई करमा सहुलियत दिनु जायज भएको खतिवडाको भनाई छ । तर घर जग्गामा लगानी गरी मुनाफामा मात्रै केन्द्रित हुने हो भने सहुलियत दिनुको अर्थ नहुने उनको भनाई छ ।