Dhulikhel Eco Banner new

वैदेशिक रोजगार बोर्डद्वारा १६ पदका लागि आवेदन खुला

2.3K
shares

काठमाडौं, ८ साउन । वैदेशिक रोजगार बोर्डले ४ कार्यक्रम अधिकृत र १२ जना स्वयंसेवक कर्मचारी माग गरेको छ । बोर्डले बिहीबार सूचना जारी गर्दै ४ जना कार्यक्रम अधिकृत र १२ जना स्वयंसेवक करार सेवामा नियुक्त गर्न आवेदन मागेको हो।

यी पदहरू आर्थिक वर्ष २०८२र८३ मा स्वीकृत कार्यक्रम बमोजिम काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लामा सञ्चालनमा रहेका सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत पदपूर्ति गरिने बोर्डले जनाएको छ।

बोर्डका अनुसार इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

सुरक्षित आप्रवासन कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामी कार्यक्रमबीचको सहकार्यमा स्थानीय तहहरूमा सञ्चालन भइरहेको छ। बोर्डले प्रकाशित सूचनामा पदपूर्ति प्रक्रिया, योग्यता, जिम्मेवारी तथा अन्य विवरणसमेत उल्लेख गरेको छ।