Dhulikhel Eco Banner new

अन्नपूर्ण पोष्टबाट किन बाहिरिदैछन् अखण्ड भण्डारी ?

4.77K
shares

काठमाडौं, १५ साउन । अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी पदबाट बाहिरिने भएका छन् । उनले यस अघि असार मसान्तमै राजीनामा दिएका थिए । दशैंसम्मका लागि भनेर थमौती भएका भण्डारी दशैं पछाडि भने जिम्बेवारीबाट बाहिरिने अन्नपूर्णको उच्च व्यवस्थापनले बताएको छ ।

यद्यपि उनको अवकास स्वेच्छिक हो । भण्डारी प्रेस काउन्सिल नेपालको अध्यक्ष बन्नका लागि कोशिस गरिरहेका छन् । भण्डारीसहित काउन्सिलका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघकी कार्यबाहक अध्यक्ष भइसकेकी बाला अधिकारीसहितका आकांक्षीहरु दौडधुपमा छन् ।