प्रतितोला ७ सयले बढ्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:०८
3.65K
shares
shares

काठमाडौं, १६ कात्तिक । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला २ लाख ३९ हजार मा कारोबार भएको सुनको मुल्य आइतवार ७ सयले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय कायम भएको हो ।
त्यस्तै,आइतवार चाँदीको मुल्य भने ५ रुपैयाँले घटेको छ । शुक्रवार ३ हजार ६० रुपैयामा कारोबार भएको चाँदीको मुल्य आइतवार ३ हजार ५५ रुपैयामा कायम भएको छ ।
















