Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

1.68K
shares

काठमाडौं, १७ कात्तिक । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले पारित गरी बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुने बैंकले जनाएको छ।