महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ पुस १५ मंगलवार १०:४८
shares

काठमाडौं, १५ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले ६ हजार २८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
तोकिएको मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जानकारी दिएको छ ।
















