Dhulikhel Eco Banner new

चर्चित उद्योगी राणा पनि राजनीतिमा, रास्वपाबाट सांसद बन्ने सम्भावना कति ?

12.09K
shares

काठमाडौं, १५ पुस । चर्चित महिला उद्योगी विदुषी राणा पनि राजनीतिमा लागेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उनले राजनीतिक यात्रा सुरु गरेकी हुन् । सोमबार रास्वपाले प्रतिनिधि सभाको समानुपातिक बन्द सूचीमा उनको नाम समावेश गरेको छ ।

रास्वपाले बुझाएको खस आर्य समूहको महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम छ । त्यसपछि क्रमशः विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल लगायत छन् ।

विदुषी राणा नेपालकै सबैभन्दा बढी निर्यात हुने गोल्डस्टार जुत्ताको सञ्चालक हुन् । गोल्डस्टारको उत्पादन नेपालमा मात्रै नभएर विश्वका अन्य ठाउँहरुमा पनि चर्चित छन् । पूर्व बैंकर समेत रहेकी राणा उद्योगव्यवसायमा सफल महिलाको रुपमा परिचय बनाएकी पात्र हुन् । रास्वपाले आकर्षक मत ल्याएमा उनलेको संसद यात्रा तय हुनेछ ।