Dhulikhel Eco Banner new

शेयर बजारमा ११५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.97K
shares

काठमाडौं, २४ पुस । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.५९ अंकले बढेर २६४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नागरिक म्युचुअल कोष २का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् भने इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले २.७१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले २.५३ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले २.३५ प्रतिशतका दरले गुमाएका छन् ।