Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा ४४.८८ प्रतिशतले वृद्धि, हेर्नस् अन्य वित्तीय सूचक कस्तो ?

2.77K
shares

काठमाडौं, १९ माघ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित गरेको हो। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा नाफासँगै अन्य सूचकहरूमा प्रगति देखिएको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४४.८८ प्रतिशतको वृद्धि सहित १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

त्यस्तै समीक्षा अवधिमा खुद ब्याज आम्दानी २७ करोड ५१ लाख रुपैयाँबाट २६.८० प्रतिशतले बढेर ३४ करोड ८९ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन आम्दानी ३२ करोड ४१ लाख रुपैयाँबाट २३.६८ प्रतिशतले बढेर ४० करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ११ करोड ३१ लाख रुपैयाँबाट ५७.३३ प्रतिशतले बढेर १७ करोड ८० लाख नजिक पुगेको छ ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६.२३ रुपैयाँले बढेर ३२.५३ रुपैयाँ पुग्दा खराब कर्जा पनि ५.०४ प्रतिशतबाट बढी ७.५५ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७३.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २५.१२ गुणा रहेको छ ।

चुक्ता पूँजी ७८ करोड ३९ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २७ करोड २९ लाख रुपैयाँ र रिजर्भ कोषमा ३० करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ९ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेर झण्डै ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको तथ्यांकले देखाएको छ ।