Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.81K
shares

काठमाडौं, ११ फागुन । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.४१ अंकले बढेर २,६१६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन रिलायन्स स्पिनिङका लगानीकर्ताले ९.२८ प्रतिशतका दरले कमाएका छन् भने मेगा म्युचुअल फन्ड– १का लगानीकर्ताले ६.१९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ६.१० प्रतिशतका दरले कमाएका छन् भने नेपाल एसबिआई बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।