Dhulikhel Eco Banner new

धन्यबाद प्रधानमन्त्रीज्यू

अबको बाटो भनेकै आर्थिक एजेण्डा

3.03K
shares

निर्वाचन हुँदैन ? यी आमैले कसरी गर्नसक्छिन् निर्वाचन ? आफै त हिड्न सक्दिनन् कसरी हुन्छ चुनाव ? केही दिन अघिसम्मयस्ता भनाईहरु थुप्रै सुनिए । यति सम्मकी दुर्गा प्रसाईले त अपमानजनक ढंगले शौचगरेपछि उठ्न नसक्ने भन्नेसम्मको अभिव्यक्ति दिए । ठूलै नाम चलेका, कहिलिएका नेता, समाजसेवीहरुलेसमेत फागुन २१ गते निर्वाचन हुनै सक्दैन भन्ने आशयको अभिव्यक्ति दिए । अन्नतः चुनावभयो । चुनाव हुँदैन भन्नेहरु कुन दुलोमा लुकेर बसिरहेका छन् ?

म प्रधामन्त्रीशुसीला कार्कीलाई सलाम गर्न चाहान्छु । प्रिय प्रधानमन्त्रीज्यू आज तपाईलाई दिलखोलेर सम्मान गर्न मन लागेको छ । तपाईको साहस, हिम्मत र निस्वार्थ काम गर्ने शैली रक्षमताका कारण नै आज मुलुकमा निर्वाचन सम्पन्न भएको छ । जेनजी विद्रोह पछि मुलुकमा गम्भीर संकट उत्पन्नभएको थियो । बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर भाग्नु परेकोथियो ।

आम जनतामा अन्योलता थियो ? देशमा अब के हुन्छ ? देश नै विगठन हुन्छकि ? विदेशीले पो कब्जा गर्छ यस्ता अनेकन शंका उपशंकाहरु उत्पन्न भएका थिए । सुशीला कार्की तीनै महिला हुन्, जसको नामप्रधानमन्त्रीमा सिफारिस हुँदा कतिपयले आलोचना गरे । यस प्रकरणमा राष्ट्रपति रामचन्द्रपौडेललार्य पनि धन्यबाद दिनै पर्छ । राष्ट्रपतिले पनि फागुन २१ मा चुनाव गराउनुस्,देश बचाइदिनोस् भन्द्र प्रधानमन्त्रीको तालाचावी सुशीला कार्कीलाई सुम्पेका थिए ।राष्ट्रपतिले असर मान्छेलाई नै नियुक्त गरेका रहेछन् भन्ने अहिले पुष्टि भएको छ ।

यसकारण उनलाई पनि धन्यबाद दिनै पर्छ । धन्यबाद दिनै पर्ने अर्का पात्र हुन्, रामेश्वरखनाल , पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालयको जिम्बेवारी पाउदै गर्दा धेरैलाईधेरै किसिमका शंका थिए । काम गर्दै जादा भने खनालले शंकाको सुविधा दिएनन् ।प्रधानमन्त्रीलाई सहयोग गरिरहे । अनावश्यक रुपमा खर्च हुने रकमहरुलाई जोहो गराउन सफलभए । चुनाव गराउनकै लागि विदेशीसँग भिख माग्नु पर्दैन भन्ने कुरालाई स्थापित गराइदिए।

यसकारण अर्थमन्त्री खनाललाई पनि सलाम छ । उनलाई मुरीमूरी धन्यबाद । वर्तमान सरकारको कुरा गर्दा विशेष धन्यबाददिन छुटाउनै नहुने पात्र हुन्, गृहमन्त्री ओम प्रकाश अर्याल । ओम प्रकाश अर्याललाईगृहमन्त्रीका रुपमा स्वीकार्नै गाह्रो थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त हेपाहाशैलीमा ‘गृहमन्त्री बाबु’ भन्दै अपमानजनक अभिव्यक्ति दिएका थिए । अझ अर्को रोचक कुरा चाहिँ ओम प्रकाशअर्याललाई बालेन शाहको कारिन्दा भनेर चित्रण गरिएको थियो । हो, कुनै बेलाओमप्रकाश बालेन शाहका कानूनी सल्लाहकार थिए ।

त्यही कारण उनलाई बालेन शाहकोनिर्देशनमा मात्रै काम गर्छ भन्ने भाष्य सृजना गर्न खोजियो । जगदिश खरेलले सञ्चारमन्त्रालयको जिम्बेवारी छाडेर चुनाव लड्न गए पछि सञ्चार मन्त्रालय समेत हाकिरहेका अर्यालनिर्विबाद रहे । हिजो बालेन शाहको कारिन्दा भन्नेहरुलेअन्तितमा गृहमन्त्री अर्यालकै बाइट शेयर गर्दै समर्थन जनाए ।

गृहमन्त्रीले भनेका थिए,राजनीतिक संस्कार नभएकाहरुलाई चुनावमा भोट नहाल्नु होला । एमालेलाई लाग्यो, होहामी नै हो राजनीतिक संस्कार भएको पार्टी । त्यहीँ भएर होला पहिले आलोचना गर्नेहरुलेअहिले गृहमन्त्रीको भनाइ शेयर गरिरहेका छन् । जेहोस् गृहमन्त्री अर्यालले पनि प्रधानमन्त्रीलाईदिल खोलेर सहयोग गरे । आज छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भएकोछ ।

निर्विवाद रुपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सक्नु गृहमन्त्री ओमप्रकाशअर्यालसहित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको सफलता हो । यो सफलताकालागि कार्की नेतृत्वको सरकारलाई धन्यबाद भन्ने पर्छ ।

नागरिकको हैसियतामा, एउटा देशको सचेतमतदाताको हैसियतमा सरकारले गरेका कामको आलोचना गर्ने ठाउँ छैन । यतिबेला मतदानसकिएर देशभर मतगणनाको तयारी भइरहेको छ । मतगणना पछि जस्तो परिणाम आए पनिस्वीकार्नै पर्छ । कुनै पार्टिले जितेमा अर्को पार्टीले धाँधली भयो भन्ने जस्ता आरोपलगाउने ठाउँ छैन ।

जनताको अभिमतको सम्मान सबैले गर्नैपर्छ, पक्कै पनि गर्छन् नै । अबताजा मत परिणाम पछि नयाँ सरकारलाई जिम्बेवारी सुम्पदै यो सरकार बिदा हुनेछ ।निर्वाचनलाई यतिहासिक रुपमा सम्पन्न गराउन सरकारले खेलेको भूमिकाका लागिअहिलेका प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियस्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सबैले धन्यबाद भनुन् । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मालेकेही दिन अघि भनेका छन्, अब बन्ने नयाँ सरकार ५ वर्षको हुनुपर्छ ।

मतगणना अघिसर्वदलीय सहमति गरौँ । उपसभापति शर्माको अभिव्यक्तिमा मेरो पनि समर्थन छ । जेजस्तोमत परिणाम आए पनि सबैले स्वीकारेर अब बन्ने प्रधानमन्त्रीलाई ५ वर्ष काम गर्न दिऔँ ।९ महिने वा १ वर्षे कार्यकालवाला सरकार होइन, हामीलाई अब स्थिर सरकार चाहिन्छ ।यसका लागि सबैले अब पार्टी होइन, देश भनेर सोच्नु पर्ने हुन्छ ।

आशा छ, अब सबैलेदेशलाई पहिलो प्राथमिकतामा राख्नेछन् । १० वर्षे जनयुद्धदेखि २०६२–६३ को जनआन्दोलहुँदै २०८२ को जेनजी बिद्रोहसम्म आइपुग्दा देशलाई धेरै नोक्सानी भएको छ । भौतिकसंरुचनाहरु ध्वस्त भएका छन् । ढलेका संरचनाहरुलाई सबै मिलेर उठाउनु छ । अब राजनीतिकखिचातानी होइन, आर्थिक एजेण्डा बोकेर हिड्नु पर्नेछ ।

अबको बाटो भनेकै आर्थिक एजेण्डा हो भन्नेतर्फ सबैले सोचुन्, ध्यान दिउन् । पार्टी होइन, देशलाई सर्वोपरी ठानुस् । कार्यक्रमकोअन्त्यमा फेरि तिनै सुशीला आमा, जसले आफ्नो क्षमता देखाइन् । निर्वाचनलाई भयरहितशान्तिपूर्ण ढंगले सम्पन्न गराउन भूमिका खेलिन्, उनलाई लाख लाख सलाम, धन्यबाद ।