GBIME

मर्जरमा जादैं रिडी र रैराङ हाइड्रोपावर

1.46K
shares

काठमाडौं, १६ असार । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि असार १७ गते शुक्रवार विशेष साधारणसभा बोलाएका छन् ।

रिडी हाइड्रोपावरले कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । त्यस्तै रैराङ हाइड्रोपावरले पनि कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।

दुबै कम्पनीको विशेष सभाले रैराङ हाइड्रोपावर लिमिटेडलाई रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले गाभ्ने प्रस्तावलाई स्वीकृती प्रदान गर्नेछ । यी दुई कम्पनी १ बराबर शून्य दशमलव ९३ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन् ।

यस आधारमा रैराङ हाइड्रोपावरको १०० कित्ता शेयर बराबर रिडी हाइड्रोपावरको ९३ कित्ता शेयर प्राप्त हुनेछ । विशेष साधारण सभाले शेयर आदान प्रदान अनुपातलाई पनि स्वीकृती प्रदान गर्नेछ ।

पछिल्लो समय जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्कासनलाई जोड दिइरहेको अवस्थामा यी दुई जलविद्युत् कम्पनीहरुले भने मर्जरमा जोड दिएका हुन् । दुबै कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेका छन् ।

हाल रिडी हाइड्रोपावरको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको चुक्तापूँजी रू. ५६ करोड रहेको छ ।