Dhulikhel Eco Banner new

समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

5.25K
shares

काठमाडौं, १७ असार । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १० हजार कित्ता संस्थापक शेयर असार १७ गतेदेखि बिक्रीमा आएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयरमा आवेदन दिन सकिने जानकारी दिएको हो ।

इच्छुक खरीदकर्ताहरूले न्यूनतम मूल्य रू. १०० वा सोभन्दा बढी कतिमा लिन चाहेको सो कुरा खुलाई संचालक समितिलाई सम्बोधन हुने गरी निवेदन दिनुपर्ने बताइएको छ ।

उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने कम्पनीले जानकारी दिएको छ ।