Dhulikhel Eco Banner new

प्रभू बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

6.45K
shares

काठमाडौं, १७ असार । प्रभू बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर असार १७ गतेदेखि बिक्रीमा आएको छ ।
बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयरमा आवेदन दिन सकिने जानकारी दिएको हो ।

पूर्णबहादुर शाक्यको नाममा रहेको उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले प्रस्थावित संस्थापक शेयर खरीद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीले आवश्यक कागजात सहित केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बताइएको छ ।

उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने कम्पनीले जानकारी दिएको छ ।