Dhulikhel Eco Banner new

फागुनसम्म निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन ३१ अर्ब नाघ्यो, शिखर शीर्ष स्थानमा

2.41K
shares

काठमाडौं, १० चैत । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा नेपालका निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरण को तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ कम्पनीले १८ लाख ६२ हजार ११४ बीमा पोलिसी बिक्री गरेका हुन्।

कम्पनीगत रूपमा, शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहँदै ४ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (३ अर्ब ३६ करोड), तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स (३ अर्ब २० करोड) रहेको छ।

त्यस्तै, अन्य कम्पनीहरूले क्रमशः सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २ अर्ब ७९ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्स २ अर्ब ५३ करोड, नेको इन्स्योरेन्स २ अर्ब ३९ करोड, यूनाइटेड अजोड १ अर्ब ९६ करोड, ओरिएन्टल १ अर्ब ९४ करोड, सानिमा जिआइसी १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्स १ अर्ब ४९ करोड, प्रभु इन्स्योरेन्स १ अर्ब २१ करोड, राष्ट्रिय बीमा १ अर्ब ६ करोड र नेशनल इन्स्योरेन्स ८६ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।