GBIME

हुलास फिन सर्भको साधारणसभा असार २६ गते

2.26K
shares

काठमाडौं, १७ असार । हुलास फिन सर्भ लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक बैंठकको निर्णय अनुसार सभा असार २६ गते बोलाएको हो ।

सभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल–१, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, संचालक समिति सदस्य थप सहित पुर्न : गठन गर्ने, स्वतन्त्र संचालक नियुक्ति गर्ने र कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने जस्ता विषयमा छलफल हुनेछन् ।