Dhulikhel Eco Banner new

राजश्व चुहावट नियन्त्रणका लागि अर्थ मन्त्रालयको उच्चस्तरीय बैठक आज बस्दै

1.46K
shares

काठमाडौं, १९ चैत । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान ११ बजे सुरु भई करिब एक घण्टा सञ्चालन हुने जनाइएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, अर्थ तथा गृह मन्त्रालयका सचिवहरू, राजश्व प्रशासनसँग सम्बन्धित उच्च अधिकारीहरू, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको सहभागिता रहनेछ। त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतका महाशाखा तथा विभागका प्रमुखहरू पनि छलफलमा सहभागी हुनेछन्।

राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा बैठक केन्द्रित रहनेछ। सो क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित निकायलाई महत्वपूर्ण निर्देशन दिने अपेक्षा गरिएको छ।

बैठक सम्पन्न भएपछि भएका छलफल तथा निर्णयबारे मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले सञ्चार माध्यमलाई भिडियो, टेलिफोन वा विज्ञप्तिमार्फत जानकारी गराउने बताइएको छ।