Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.59K
shares

काठमाडौं, १९ चैत । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ५.८२ अंकले बढेर २,७८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्यबढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ८१ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, सुरिज लाइन ऊर्जा र सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।