Dhulikhel Eco Banner new

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त

1.74K
shares

काठमाडौं, २३ चैत । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन्। कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले बजाजलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

संस्थापक समूहअन्तर्गत रिक्त रहेको सञ्चालक पदमा उनलाई नियुक्त गर्दै सोही दिनदेखि लागू हुनेगरी अध्यक्ष पदको जिम्मेवारी समेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

बजाज कम्पनीका संस्थापक शेयरधनी लक्ष्मी कर्प नेपाल प्रालिका प्रतिनिधिका रूपमा सञ्चालकमा चयन भएका हुन्। यसअघि कम्पनीका अध्यक्ष रहेका शुलभ अग्रवालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।