Dhulikhel Eco Banner new

महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

1.25K
shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरूले आफ्‍नो नाममा रहेको ८४,५३७ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिएका छन्। यस बिक्री प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रित पुऱ्याई अघि बढाइएको हो।

यो सूचना संस्थापक शेयरधनी महानुभावहरूको जानकारीको लागि प्रकाशित गरिएको हो। यदि कुनै संस्थापक शेयरधनीले उक्त शेयरहरू खरिद गर्न चाहनुहुन्छ भने, सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजातहरू सहित केन्द्रीय कार्यालय साँगा, काभ्रेपलाञ्चोक वा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाण्डौंमा निवेदन दिन सक्नेछन्।

विक्रेताले प्रति शेयर न्यूनतम मूल्य रु ७१५ तोकेको छ, र यस मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनुपर्नेछ। कम्पनीको धितोपत्र बजार मूल्यका आधारमा शेयर कारोबार हुनेछ।

यदि तोकिएको म्याद भित्र संस्थापक शेयरधनीहरूको आवेदन प्राप्त नभएमा, प्रचलित नियमानुसार अन्य व्यक्तिहरूलाई शेयर बिक्रीको प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

शेयर बिक्री विवरण

शेयरधनीको नाम र ठेगाना:

१. निरु कुयुमी राई, चुङबाङ ४, धनकुटा – ७४,२४६ कित्ता
२. इन्दिरा गिरी, दाउन्नेदेवी ७, नवलपरासी – १०,२९१ कित्ता

बिक्री प्रबन्धक
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड
लेखनाथमार्ग, ठमेल, काठमाडौं
फोन नं. ०१-४५१२७४३, ४५४१७८०
वेबसाइट: www.nsmbl.com.np