एनएमबि लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?
वि.सं.२०८२ चैत २४ मंगलवार ०९:५९
shares

काठमाडौं, २४ चैत । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाले खुला प्रतिस्पर्धाबाट योग्य नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो।
संस्थाले वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, कृषि प्राविधिक, शाखा प्रमुखरफिल्ड सहायक तथा सहायक प्रशिक्षार्थी पदमा कर्मचारी भर्ना गर्ने जनाएको छ।
वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षणतर्फ अधिकृत श्रेणीका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सीए/सेमी सीए वा व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा दुई वर्षको अनुभव आवश्यक पर्नेछ। सूचना प्रविधि तर्फ अधिकृत/सहायक श्रेणीका लागि सूचना प्रविधिमा स्नातक उत्तीर्ण गरी चार वर्षको कार्यानुभव हुनुपर्ने उल्लेख छ।
कृषि प्राविधिक पदका लागि आई।एस्सी एजी/भेटेरिनरी/जेटिए उत्तीर्ण भई कृषि तथा पशुपालन क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव आवश्यक रहनेछ। यस पदमा ग्रामीण क्षेत्रमा प्राविधिक सेवा, पशुपक्षी उपचार तथा तालिम प्रदान गर्नुपर्ने जिम्मेवारी रहनेछ।
शाखा प्रमुखरफिल्ड सहायक पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह (प्लस टु) वा सो सरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दुई वर्षको अनुभव आवश्यक पर्नेछ। सहायक प्रशिक्षार्थी पदका लागि भने प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
अधिकृत श्रेणीका लागि उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला आवेदकका लागि माथिल्लो उमेर हदमा पाँच वर्षको थप सुविधा दिइनेछ।
सहायक प्रशिक्षार्थी पदका लागि लिखित तथा अन्तर्वार्ता वा दुवै मार्फत छनोट गरिनेछ भने अन्य पदका लागि अन्तर्वार्ताबाट मात्र छनोट गरिनेछ। शर्टलिस्ट, परीक्षा र अन्तर्वार्तासम्बन्धी विवरण संस्थाको आधिकारिक वेबसाइटमार्फत प्रकाशित गरिनेछ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मिति चैत २३ गतेदेखि १५ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। सवारी चालक अनुमतिपत्र भएका, कम्प्युटरमा दक्ष तथा ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।




















