प्रभु बैंकले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने
वि.सं.२०८२ चैत ३० सोमवार ११:१५
shares

काठमाडौँ। प्रभु बैंक लिमिटेडले ८.५० प्रतिशत लाभांश दरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैंकका अनुसार प्रस्तावित अग्राधिकार सेयर विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंकसहित सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि मात्रै निष्कासन प्रक्रिया अगाडि बढाइनेछ। बैंकले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ५ करोड इकाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने तयारी गरेको जनाएको छ।
यो अग्राधिकार सेयर व्यक्तिगत रूपमा संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिनेछ। साथै, ८.५० प्रतिशतको लाभांश दर कायम गरिए पनि लाभांश वितरण भने बैंकले मुनाफा आर्जन गरेको वर्षमा मात्र गरिने व्यवस्था रहनेछ।


















