प्रतितोला ३ हजार १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख १ मंगलवार ११:१७
1.53K
shares
shares

काठमाडौं, १ वैशाख । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य ३ हजार १ सयले बढेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९६ हजार ७ सयमा कारोबार भएको सुन मंगलवार बढेर प्रतितोला २ लाख ९९ हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य १६५ रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ४ हजार ९ सयमा कारोबार भएको चाँदी मंगलवार ५ हजार ६५ रुपैयाँमा कायम भएको हो ।


















