शेयर बजारमा ४५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख २ बुधवार १५:१४
shares

काठमाडौं, १ वैशाख । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३३.२७ अंकले बढेर २,८६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ५३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी उपकार लघुवित्तका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले गुमाएका छन् भने सनलाइफ ब्लुचिप फन्डका लगानीकर्ताले २.७७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि माई खोला हाइड्रोपावरका लगानीकर्ताले २.२२ प्रतिशतका दरले गुमाएका छन् भने सालपा विकास बैंकका लगानीकर्ताले २.१७ प्रतिशतका दरले गुमाएका छन् ।


















