शेयर बजारमा १० अर्ब ५३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ वैशाख २ बुधवार १५:२४
1.11K
shares
shares

काठमाडौं, १ वैशाख । शेयर बजारमा १० अर्ब ५३ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५८ करोड ९ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेसनल हाइड्रोपावरको ५७ करोड ११ लाख रुपैयाँ कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको ४९ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी सोलु हाइड्रोपावरको ४१ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ भने रिडी पावरको ३७ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ ।


















