Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

1.4K
shares

काठमाडौं, ११ वैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच ‘नेपाल पे कार्ड’ सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच सम्झौता–पत्र आदानप्रदान गरिएको हो।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत सञ्चालन हुने राष्ट्रिय भुक्तानी स्विच तथा कार्ड प्रणालीअन्तर्गत ‘नेपाल पे कार्ड’ को प्रमुख सदस्य बनेको छ। यससँगै बैंकका ग्राहकहरूले निकट भविष्यमा ‘नेपाल पे कार्ड’ सम्बन्धी सेवा उपयोग गर्न पाउनेछन्।

यस सम्झौताले स्वदेशी कार्ड प्रणालीको विकास तथा डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड व्यवसाय प्रमुख पबिन्द्र राजभण्डारी तथा कार्ड सञ्चालन प्रमुख प्रविन आचार्य सहभागी थिए। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप–कार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ विभाग प्रमुख गगन सिंह घिमिरे लगायतका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

वि।सं। २०२२ साल माघ १० गते स्थापना भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभरका सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म सेवा विस्तार गरेको छ। बैंकले ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।