Dhulikhel Eco Banner new

नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

1.4K
shares

काठमाडौं, १३ वैशाख । नबिल बैंक लिमिटेडले काठमाडौंमा रहेका तीन शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ। बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूल शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गरी नयाँ बानेश्वर शाखाबाट मात्र सेवा सञ्चालन गर्ने जनाएको हो।

बैंकद्वारा आइतबार जारी सूचनाअनुसार वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाका सम्पूर्ण बैंकिङ सेवा नयाँ बानेश्वर शाखामा सारिनेछ। त्यसपछि यी दुवै शाखाका ग्राहकले नयाँ बानेश्वर शाखाबाट मात्र कारोबार गर्न सक्नेछन्।

बैंकले उक्त शाखामा रहेका ग्राहकका लकर तथा खाताहरू पनि नयाँ बानेश्वर शाखामै स्थानान्तरण गरिने जानकारी दिएको छ।

त्यसैगरी, बैंकले लकरमा कुनै टुटफुट वा आवश्यक सामग्री राखिएको भएमा वैशाख १७ गते बिहीबारभित्र सम्बन्धित ग्राहकलाई लकर खाली गर्न आग्रह गरेको छ।