Dhulikhel Eco Banner new

बीमा प्राधिकरणले भोलिदेखि अभिकर्ता परीक्षा सञ्चालन गर्ने

1.38K
shares

काठमाडौं, १३ वैशाख ।  नेपाल बीमा प्राधिकरणले भोलि देखि १७ गतेसम्म जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरूले परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा केन्द्रीय कार्यालयबाट सञ्चालन गर्न लागिएको हो।

परीक्षा सोमबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपरान्ह १२ः३० बजेसम्म सञ्चालन गरिने प्राधिकरणले जानकारी दिएको छ। परीक्षामा सामेल भई उत्तीर्ण हुन सफल भएकाहरूले अभिकर्ता इजाजतपत्र प्राप्त गर्नेछन्।