प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०५
871
shares
shares

काठमाडौं, १३ वैशाख । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा कारोबार भएको सुन आइतवार बढेर प्रतितोला २ लाख ९९ हजार २ सयमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कारोबार भएको चाँदी आइतवार ४ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको हो ।



















