Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने खुम्चियो

1.12K
shares

काठमाडौं, २२ वैशाख । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.७८ अंकले बढेर २,७१२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ४३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.१६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले गुमाएका छन् ।