Dhulikhel Eco Banner new

बाआमालाई ढाटेर कलाकार बनेका विशाल !

1.91K
shares

काठमाडौं, ३ जेठ ।  लाालीबजार नामक चलचित्रबाट फिल्मी क्षेत्रमा प्रवेश गरेका विशाल देवकोटाले आफ्नो अभिनय क्षमता र मेहनतद्वारा चर्चा कमाईरहेका छन् । ९ वर्षदेखि थिएटर गरिरहेका उनले दर्जनौ बढि नाटकहरुमा काम गरिसकेका छन् । उनको अनुसार लालीबजार उनका लागि त्यो अवसर वा मौका थियो जुन उनले आफूलाई प्रमाणित गर्न पर्खिरहेका थिए ।

उनी भन्छन्, ‘अभिनय मेरालागि कहिल्यै साधारण रुचीमात्र थिएन, यो त बाल्यकालदेखि नै मेरो रगतभित्र बगिरहेको एउटा अधुरो सपना थियो ।’ अनुशासन नै महत्वर्पूण हो । उनको अभिभावको बुझाईमा यही थियो । उनका बुवाले पनि छोरो ठूलो भएर सरकारी जागिर खाओस् भन्ने चाहन्थे । तर बुवाको इच्छालाई चिरेर उनले आफ्नै सपना बोकेर काठमाडौँ छिरे ।

बुवा रिसाउनुहोला भन्ने उनमा चिन्ता थियो । सरकारी जागिरे बनोस् भन्ने बुवाको कामनालाई लत्याएर उनले झुट बोले । अर्थात लोकसेवाको कक्षा लिदैँछु भनेर थिएटरको कक्षा लिए ।

त्यहीँ बेला विश्व महामारीका रुपमा कोरोना फैलियो । कोरोनाले उनको यात्रालाई अवरोध गर्यो । कोरोनाले यात्रा अवरोध गरेपनि सपना भने रोक्न सकेन । तर यात्रा केबल सपनाको थिएन । थिएटर गदैँगर्दा पनि उनी आर्थिक रुपमा अझै आमाबुबामाथि निर्भर थिए । ‘भावले मात्रै चल्दैँन, भात पनि चाहिन्छ’ उनी भन्छन्, ‘बाच्नका लागि आमाबुवाको भरपर्नुको विकल्प पनि थिएन ।’

कहिलेकाहीँ धेरै सोच्थे आफूसँगैको साथीहरुको सफलता र आफ्नो संघर्षरत जीवनको तुलना पनि गर्थे । चाडपर्वमा घर जाँदा वरिपरीका आँखाले प्रश्न गर्थे– ‘के गदैँछस् ? कहिले जिम्मेवारी लिन्छस् ।’

यी प्रश्नहरुले बिशाललाई चोट दिन्थ्यो । ‘सबैभन्दा गाह्रो कुरा मेरो संघर्ष होईन, मेरो कारणले मेरो आमाबाबाले रोज्नु परेको मौनता थियो । तर म भित्र कतै एउटा स्वर अझै बाँकी थियो– नछोड । त्यसैले म रोकिइँन । बुझाई भन्दा धेरै, मौनता भन्दा गहिरा, संघर्षभन्दा लामो यात्रा’ उनी सम्झन्छन् ।