Dhulikhel Eco Banner new

भारतबाट सामान ल्याउने यात्रुलाई ठूलो राहत : ५०० रुपैयाँसम्मको सामानमा भन्सार नलाग्ने

3.32K
shares

काठमाडौं, २० जेठ । अबदेखि भारतबाट नेपाल आउँदा ५ सय रुपैयाँसम्मको निजी प्रयोगका सामान ल्याउँदा कुनै पनि भन्सार महसुल तिर्नु नपर्ने भएको छ । सरकारले यसअघिको झन्झटिलो नियममा संशोधन गर्दै भन्सार छुटको सीमा बढाएको हो । यसअघि अर्थ मन्त्रालयले १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि भन्सार तिर्नुपर्ने कडा नियम लागू गरेको थियो।

व्यावहारिक रूपमा १०० रुपैयाँ निकै कम रकम भएकाले सामान्य घरायसी सामान ल्याउँदा पनि सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको थियो। जसका कारण सीमा क्षेत्रमा तीव्र असन्तुष्टि र विरोध प्रदर्शन समेत भएका थिए।अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी भारतलगायत अन्य मुलुकबाट स्थलमार्ग हुँदै आउने यात्रुको गुनासो र व्यावहारिक झन्झटलाई मध्यनजर गर्दै आफ्नो साथमा ल्याउने निजी प्रयोगका वस्तुको हकमा नयाँ नियम लागू गरेको हो।

५०० रुपैयाँभन्दा कमको सामान भए पनि त्यसलाई छाड्ने वा नछाड्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार भने भन्सार प्रमुखलाई नै दिइएको छ । व्यावहारिक रूपमा १०० रुपैयाँ निकै न्यून रकम भएको र यसले झन्झट मात्र बढाएको भन्दै विरोध भएपछि सरकारले यो सीमालाई बढाएर ५०० रुपैयाँ पु¥याएको हो ।

जेठ १५ गतेदेखि नै लागू भएको यो नयाँ व्यवस्थाले विशेष गरी सीमावर्ती क्षेत्रमा घरायसी प्रयोजनका स–साना सामान किनमेल गर्ने सर्वसाधारणलाई केही सहज हुने देखिन्छ । तर, यो सुविधा व्यापारिक प्रयोजनका सामानको हकमा भने लागू हुने छैन।