Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा झिनो सुधार , २ अर्ब मात्र पुग्यो कारोबार

4.8K
shares

काठमाडौं, २२ असार । साताको चौथों कारोबारको दिन नेप्से परिसुचक १३ दशमलव ३३ अंकले बढेको छ ।

बुधबार नेप्से परिसुचक शुन्य दशमलव ६६ प्रतिशतले बढेर २०४३ दशमलव ९२ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६८ अंकले बढेको छ । दिनभर भएका ३८ हजार ८ कारोबारबाट २२८ कम्पनीका ६२ लाख ६३ हजार ३ सय १० कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ पुगेको छ ।