Dhulikhel Eco Banner new

८ अंकले घट्यो शेयर बजार, कारोबार रकम घट्यो

871
shares

काठमाडौं, ११ असार । बिहीवार शेयर बजार ८ अंकले घटेको छ । शेयर बजार ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ८२ करोड कारोबार भएको हो ।

८ अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.०३ प्रतिशतका दरले गुमाएका छन् ।