सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार ११ बिहीवार १५:१२
shares

काठमाडौं, ११ असार । बिहीवार शेयर बजार ८.५० अंकले घटेको छ । शेयर बजार ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ८२ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने कालिका लघुवित्त बित्तीय संस्था लिका लगानीकर्ताले १२.८४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले ८.२० प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले कमाएका छन् ।


















