नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक मर्जरमा जादैं
वि.सं.२०७९ असार २३ बिहीवार १२:०२
shares

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाललाई एकापसमा मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ ।
राष्ट्र बैंकको बुधवार बसेको सञ्चालक समिति बैठकले मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो ।
अब कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । यी दुई कम्पनी एकापसमा मर्जरमा जाने भएसँगै गत जेठ ३० गतेबाट इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का रहेको छ ।
दुवै कम्पनीबीच मर्जरका लागि गत जेठ २७ गते सम्झौता भएको हो । मर्जरपश्चात नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।















