बचतलाई प्रोत्साहान गर्नु पर्छ : सिविफिन
वि.सं.२०७९ असार २३ बिहीवार १३:४३
shares

काठमाडौ, २३ असार । सिविफिनले फजुल खर्च र अनावश्यक बस्तुको प्रयोगलाई निरुत्साहित गर्नु पर्ने बताएको छ । सिविफिनले प्रेस विज्ञप्ति जारि गर्दै यस्तो बताएको हो ।
साथै बैंकले कृषि र उत्पादनमा लगानि गर्नु पर्ने सिविफिनको विज्ञप्तिमा भनिएको छ । त्यस्तै ठूला उत्पादनमुखि कम्पनीलाई अन्तराष्ट्रिय सञ्जालसँग जोडनका लागि ऋण दिनु पर्ने बताएको छ ।
उत्पादन मुलक क्षेत्रमा दिने ऋणको ब्याज समेत कम गर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसका साथै महिलाको आर्थिक अवस्थामा सुधार गर्नका लागि २५ लाख रुपैयाँ सम्मको स्रोत खुलाउनु नपर्ने नीति लिनु पर्ने जनाईएको छ ।

















