लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त
वि.सं.२०८३ असार २५ बिहीवार ११:४०
1.4K
shares
shares

काठमाडौं, २५ असार । लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्।
बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी बैंकका डीसीईओ तथा चिफ बिजनेश अफिसर हुन्।
आचार्यले साउन १ गतेदेखि सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।



















