वाणिज्य बैंकहरुको खुद नाफा ६४ अर्ब ४७ करोड, कुन बैंकले कति कमाए ?
वि.सं.२०८३ असार २८ आइतवार १२:५२
shares

काठमाडौं, २८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। साउनदेखि जेठसम्मको अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले संयुक्त रूपमा ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले जेठसम्म ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको जेठसम्म ४ अर्ब ७० करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११६८.४५ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३७ करोड मात्रै नाफा कमाएको थियो ।
कुन बैंकको नाफा कति ?




















