Dhulikhel Eco Banner new

लेबलविहीन, मिसावटयुक्त र तस्करीका सामान बेच्नेलाई कारबाही गरिने

1.35K
shares

काठमाडौं, ४ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका, न्यून गुणस्तरका र अवैध रूपमा चोरी पैठारी गरिएका सामान बिक्री नगर्न व्यवसायीलाई निर्देशन दिएको छ।

भौतिक बजारका साथै अनलाइन प्ल्याटफर्मका माध्यमबाट समेत दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ र लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति मन्त्रालय र विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार सबै व्यवसायीलाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन मन्त्रालयले कडा निर्देशन जारी गरेको छ।

कानुन विपरीत गरिने मिसावट, चोरी पैठारी र कम गुणस्तरका सामान बिक्री गर्ने जस्ता कार्य पूर्णरूपमा दण्डनीय र अक्षम्य रहेको विभागले जनाएको छ । विभागले बजार अनुगमन थप तीव्र बनाउने र कानुन उल्लंघन गरी उपभोक्ताको स्वास्थ्य एवं अधिकारमाथि खेलबाड गर्ने जुनसुकै व्यवसायीलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ ।