रिलायन्स फाइनान्सको पहिलो फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न
वि.सं.२०८३ साउन १८ सोमवार १३:५१
shares

काठमाडौँ, १८ साउन । रिलायन्स फाइनान्स लिमिटेडले कर्मचारीहरुबीच आपसी सदभाव र सहकार्य क्षमता तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रथम फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फाईनान्सका बिभिन्न शाखाहरुबाट ४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि टिमहरुको नाम रिलायन्स फुटसल लायन्स, रिलायन्स फुटसल लर्डस्, रिलायन्स फुटसल लिगेसी र रिलायन्स फुटसल लिडरस् रहेको थियो ।
कार्यक्रममा फाइनान्सका उच्च व्यवस्थापन तथा कर्मचारी तथा अन्य ब्यक्तिहरु गरि करिब १०० जनाको उपस्थिति रहेको थियो । प्रतियोगितामा रिलायन्स फुटसल लायन्स् बिजेता भएको थियो भने रिलायन्स फूटसल लिगेसी उपबिजेता भएको थियो । कार्यक्रममा बिजेता र उपबिजेता टिमका खेलाडीहरुलाई फाइनान्सका प्रमुुख कार्यकारी अधिकृत डा. बुुद्धि मल्ल तथा उप प्रमुख कार्यकारी अधिकृत रामहरी आचार्यले मेडल प्रदान गर्नुका साथै बिजेता टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमपछि टिम क्याप्टेनहरु अखण्ड श्रेष्ठ, अभिषेक के.सी., प्रमोद प्रजापति र दिक्पाल श्रेष्ठले खेलकुद गतिविधिहरु मार्फत कर्मचारीहरुको शारीरिक तन्दुरुस्तीलाई फाईदा पुर्याउनुको साथै टिमवर्कको भावनामा बृद्धि गर्नको लागि सकरात्मक भूमिका खेलेको र यसले संस्थामा रहेका कर्मचारीहरुको प्रतिभालाई चिन्ने मौका दिनुका साथै कर्मचारीहरुले दैनिक कार्य भन्दा फरक बातावरण पाउनाले यसबाट संस्थालाई सकरात्मक प्रभाव पर्ने भएकोले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने फाईनान्सले जनाएको छ ।
















