Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

598
shares

काठमाडौं, २२ असोज । बिहिबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १४० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ९३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा आरबीबी म्युचुअल फन्ड २ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ३.३६ प्रतिशतका दरले गुमाएका छन् भने माबिलुङ इनर्जी लिमिटेडका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एसबीएल डिबेन्चर २०९१ का लगानीकर्ताले २.९४ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी फोकस ४० का लगानीकर्ताले २.९१ प्रतिशतका दरले गुमाएका छन् ।