सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज २२ बिहीवार १५:१३
shares

काठमाडौं, २२ असोज । बिहिबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १४० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ९३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा कुठेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले ६.४० प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी भ्यालु फन्ड २ का लगानीकर्ताले ६.०० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि मेगा म्युचुअल फन्ड–१ का लगानीकर्ताले ६.०० प्रतिशतका दरले कमाएका छन् भने चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.१५ प्रतिशतका दरले कमाएका छन् ।

















